बालमन्दिरको जग्गा ढाकछोप गर्दै मन्त्रालय « Nagarik Khabar

बालमन्दिरको जग्गा ढाकछोप गर्दै मन्त्रालय



काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बालमन्दिरको जग्गा निजी स्कुललाई प्रक्रिया मिचेर भाडामा दिएको बिषय ढाकछोप गर्न खोजेको समाचार आजको कान्तिपुर दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

संसदको महिला बालबालिका तथा सामाजिक समितिले निर्देशन दिए पनि मन्त्रालयले १३ रोपनी १२ आना १ पैसा जग्गा ५१ बर्षको निम्ति बृहस्पति शिक्षा सदनलाई भाडामा दिँदा अपनाइएको पक्रियाको विषयमा छानविन गरेको छैन ।

पक्रिया मिचेर जग्गा भाडामा दिएको विषय सार्वजनिक भएसँगै संसदीय समितिले स्थलगत अध्ययनपछि अनुसन्धान थाल्न मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: