विमानमा आगलागी, ४१ यात्रुको मृत्यु « Nagarik Khabar

 विमानमा आगलागी, ४१ यात्रुको मृत्यु



एजेन्सी । रुसको राजधानी मस्कोमा विमानमा आगलागीहुँदा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा गडबडी भएपछि विमानस्थलमै फर्काएर आकस्मीक अवतरण गर्नेक्रममा आगलागी हुँदा ४१ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय समाचार माध्यम बीबीसीले जनाएको छ ।

सो सञ्चार माध्यमका अनुसार विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य थिए । अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । पछाडिको भागमा आगो दन्किरहेको र कालो धुवाँको मुस्लो उडिरहेको बेला आपतकालीनद्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन । (तस्वीरः बीबीसीबाट साभार)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: