ज्यानमारा बन्दै नाता–सम्बन्ध « Nagarik Khabar

ज्यानमारा बन्दै नाता–सम्बन्ध



लहान । सप्तरीको राजविराज नगरपालिका–७ की २६ वर्षीया नजराना खातुनलाई तीन वर्षअघि सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले जिउँदै जलाएर हत्या गरे। ९० प्रतिशत शरीरको भाग जलेकी उनको उपचारका क्रममा मृत्यु भएको थियो। नजराना खातुनलाई सासू र जेठानीले आगो लगाई कर्तव्य गरी मारेको अभियोगमा प्रहरीले मुद्दा चलायो। उनीहरू दुवै अदालतको आदेशमा जेल चलान भए। स्थानीयका अनुसार दाइजोको निहुँमा नजरानाले सासू र जेठानीबाट लामो समयदेखि घरेलु हिंसा खप्दै आएकी थिइन्। हिंसा सहन नसकेर प्रतिवाद गर्दा उनको हत्या भयो।

दाइजोलगायत निहुँमा घरेलु हिंसा खप्दै आएका बुहारीहरू प्रतिवादमा उत्रँदा आफन्तबाट हत्या हुने गरेको विकृत सिलसिलाकी प्रतिनिधि पात्र हुन् नजराना। मधेसमा अनेकौं बुहारीहरू नजरानाको नियति बेहोरिरहेका छन्। २०७६ वैशाख ५ गते धनुषा सहिदनगर नगरपालिका–१ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिए। काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा वैशाख १६ गते निर्मलाको निधन भयो । यो समाचार आज नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: