काठमाडौं । त्रिभुवनलगायतका विश्वविद्यालयले लेख-रचना वा थेसिस चोरी रोक्न ‘एन्टी–प्लेगरिजम सफ्टवेयर’ प्रयोगमा ल्याउने भएका छन्।
सफ्टवेयर खरिदका लागि विश्वविद्यालय अनुदान आयोगले तत्काल ७० लाख रुपैयाँ अनुदान दिने भएको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ।
आयोगले कृतिगत वा सिर्जना चोरी पत्ता लगाउन उपयोग हुने सफ्टवेयर सञ्चालनका लागि त्रिवि केन्द्रीय पुस्तकालायसहितका सम्बद्ध संस्थागत प्रस्ताव माग गरेको छ।
उक्त सफ्टवेयरले जुनसुकै विषयमा गरिएका शोध तथा अनुसन्धान कार्य थेसिसमा गसअघि गरिएको शोधकार्यको नक्कल वा पुनः उद्धृत कार्यको मूल्यांकन गर्नेछ।