अस्पतालका कर्मचारीले तलब नपाएपछि… « Nagarik Khabar

अस्पतालका कर्मचारीले तलब नपाएपछि…



काठमाडौं । सात महिनादेखि तलब नपाएपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित भएको समाचार आजको कान्तिपुरले पृष्ठ १२ मा छापेको छ ।

उनीहरुले आइतबार प्रतिष्ठानमा ध्यानाकर्षणपत्र बुझाउँदै वैशाख २५ देखि तलबभत्ताबिना काम गर्न नसक्ने चेतावानी दिए ।

प्रतिष्ठानमा नेपाल सरकारका ५३ स्थायी र २४ करार कर्मचारी छन् । गत असोज १२ मा साबिक राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तण भएपछि स्वास्थ्य मन्त्रालयले उनीहरुको अर्को व्यवस्था नभएसम्म प्रतिष्ठानमै काम गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: