सुन तस्करी आरोपमा विमानस्थलका कर्मचारी पक्राउ « Nagarik Khabar

सुन तस्करी आरोपमा विमानस्थलका कर्मचारी पक्राउ



काठमाडौँ । विमानस्थलबाट तस्करीको सुन ल्याउन सहयोग गरेको आरोपमा एक वायुसेवा निगमका कर्मचारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सेटिङमा अवैध सुन ल्याएको आरोपमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलभित्र काम गर्ने वायु सेवा निगमका एक कर्मचारीलाई आइतबार राती पक्राउ गरेको हो ।

पक्राउ परेका रञ्जित कुमार यादवको साथबाट प्रहरीले १०/१० तोलाको ३ वटा बिस्कुट आकारको सुन बरामद गरेको छ । प्रहरी परिसरका अनुसार विमान अवतरण भइसकेपछि धावनमार्गमै पुगेर यादवले सुन बुझ्ने र लुकाएर विमानस्थल बाहिर ल्याउने गर्थे ।

विमानस्थल प्रहरीले यादवका गतिविधि शंकास्पद लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो । ‘धेरै दिनदेखि उसका गतिविधि शंकास्पद थिए हामीले निगरानी गरिरहेका थियौ हिजो प्रमाणित भयो थप अनुसन्धानका लागि काठमाडौ परिसरमा पठाएका छौ’, विमानस्थल प्रहरी स्रोतले भन्यो । तर काठमाडौ परिसरले भने यसलाई सार्वजनिक गरेको छैन । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: