काठमाडौं । आज दिउसो कतै पानी पर्ने र कतै घाम लाग्ने संभावना रहेको छ । मौसम पूर्वानुमान शाखाले जनाएअनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ । पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ भने राति देशभर मौसम सामान्यतया सफा रहने छ । आज विहान मौसम पूर्वानुमान शाखाले तीन दिनको मौसम सम्बन्धी विवरण प्रकासित गरेको छ ।
वैशाख २३ गते (सोमवार)
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ । पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।राति भने देशभर मौसम सामान्यतया सफा रहने छ ।
वैशाख २४ गते (मंगलवार )
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ । पूर्वी र मध्य पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
वैशाख २५ गते (बुधवार)
दिउँसो देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा हुने देखिन्छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति देशको पूर्वी पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा सामान्यतया सफा रहने देखिन्छ। पूर्वी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।