काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षलाई १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०७५र७७ मा पुनर्निर्माण तथा पुर्नस्थापनाका कार्यहरू गर्न १ सय ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको हो ।
सरकारले शुक्रबार आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र सबै पुननिर्माणको कार्य सम्पन्न गर्ने गरी योजना तय गरेको छ । त्यसमा आगामी वर्षको पुनर्निर्माणको कामका लागि स्वायत्त निकाय प्राधिकरणले आफ्नो बजेट स्वीकृत गरेको हो ।निर्देशक समितिले वित्तीय योजनाको खाकालाई आधार मानी आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय पनि गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकासित भएको छ ।