नयाँ शक्ति र फोरमबीच आज पार्टी एकता हुँदै « Nagarik Khabar

नयाँ शक्ति र फोरमबीच आज पार्टी एकता हुँदै



काठमाडौं । नयाँ शक्ति पार्टी नेपाल र मधेसी जनअधिकार फोरम नेपालबीच आज पार्टी एकीकरण हुँदैछ । पार्टी एकताको औपचारिक घोषणा आज दिउँसो प्रज्ञा प्रतिष्ठानमा हुने बताइएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई हुन् भने फोरमका अध्यक्ष उपेन्द्र यादव हुन् ।

दुई पार्टीबीच एकीकरणपछि पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिने भएको छ । वैकल्पिक शक्ति निर्माण गर्ने अभियान अन्तर्गत एकीकरण गर्ने निर्णय गरिएको भट्टराई र यादवले बताएका छन् ।

भट्टराई र यादवबीच गत शनिबार पार्टी एकीकरण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिअनुसार पार्टीमा दुई अध्यक्ष रहनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले गर्नेछन् भने केन्द्रीय कमिटीको अध्यक्षता यादवले गर्नेछन् ।

एकीकृत पार्टीको पदाधिकारीमा फोरम नेपालबाट १६ र नयाँ शक्तिबाट ९ जना रहने सहमति भएको छ । अन्य पदाधिकारी एवं जिम्मेवारीका विषयमा छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: