भारतीय नम्बर प्लेटको गाडीमा लागुऔषध तस्करीः अफिमसहित एक जना पक्राउ « Nagarik Khabar

भारतीय नम्बर प्लेटको गाडीमा लागुऔषध तस्करीः अफिमसहित एक जना पक्राउ



काठमाडौं । प्रहरीले भारतीय नम्बर प्लेटको गाडीमा फल्स बटम बनाई लागुऔषध अफिम र चरेश राखेर धादिङ तर्फ गइरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बझाङको जयपृथ्वी नगरपालिका ८ घर भई कैलालीको धनगढी उपमहानगरपालिका४ उत्तरबेहडी बस्ने ४६ वर्षीय काल्चे बोहरालाई डिएल ३ सिएडी ७०८१ नम्बको भारतीय गाडीसहित धादिङको गजुरी गाउँपालिका १, सोतीखोलाबाट पक्राउ गरेको हो ।

लागु औषध ब्युरोका डिआइजी दिनेश अमात्यले भारततर्फ उक्त लागुऔषध बिक्री गर्न लैजाँदै गरेको अवस्थामा सोतीखोलाको कच्ची सडकमा उक्त भारतीय नम्बरको ’इएसटिइइएन भिएक्सआई’ लेखिएको मारुती सुजुकी कारभित्र रहेका काल्चेलाई पक्राउ गरेको जानकारी दिए ।

डिआइजी अमात्यका अनुसार गाडीको पछाडि सिटमुनि फल्स बटम बनाई ४ वटा रातो रंगको प्लाष्टिकको पोका बनाएर राखेको अवस्थामा अफिम फेला परेको थियो । बोहराको साथबाट ९ सय ७८ ग्राम अफिम पनि फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: