युएईमा बुद्ध जयन्ती मनाउँदै « Nagarik Khabar

युएईमा बुद्ध जयन्ती मनाउँदै



यूएई । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन ) यूएईसँग आवद्ध ११ जातीय संस्थाहरुको संयुक्त आयोजनामा २५६३ औ बुद्ध जयन्ती मनाउने भएका छन् । यूएइमा रहेका महासंघमा आवद्ध तमु समाज,तामाङ समाज ,नेपाल मगर संघ शाखा ,किराँत राई यायोक्खा शाखा ,किराँत याक्थुङ चिम्लुङ ,नेवा पुचः,शेर्पा किदुग ,थारु कल्याणकरिणी सभा ,प्रवासी माझी समाज ,प्रवासी भुजेल सेवा समिति ,सुनुवार सेवा समाज शाखाको संयुक्त आयोजनामा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम आउदो जुन १४ तारिख शुक्रबार मनाउने निर्णय गरेका हुन ।

सो कार्यक्रम सम्पन्न गर्न आदिवासी जनजाति महासंघ (नेफिन) यूएईका महासचिव सनिल घिसिङको संयोजकत्वमा बिभिन्न समितिहरू गठन गरेको छ । आर्थिक संयोजकमा सुरेन्द्र थिङ र सदस्यहरू सबै संस्थाका कोषाध्यक्षहरु र सहकोषाध्यक्ष रहेका छन् । प्रचार प्रसारका लागि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईलाई जिम्मा दिइएको छ । त्यस्तै कलाकार र संस्कृति (जनजाति कलाकार संघ यूएईलाई जिम्मा दिइएको छ । संघले प्रत्येक जातिय संस्थाहरूबाट उत्कृष्ट २ वटा प्रस्तुतिहरू राख्नेगरी कार्यक्रम तय गरिएको छ । त्यस्तै आबुधाबी र अन्य शहरहरूबाट आउने दर्शकहरूको लागि यातायातको ब्यबस्था गर्न स्वंयम सेवक – किराया यूएई, यातायात व्यबस्थापन – निमा शेर्पा, प्रायोजक व्यबस्थापनमा पासाङ शेर्पा र जातिय संस्थाहरू, कार्यक्रम संचालकमा कुमार बलामी र विजय लक्ष्मी राईलाई जिम्मेवारी दिएको छ । सो कार्यक्रम कार्लटन टावर होटल, देरा दुबई युएईमा हुने आयोजकहरुले जानकारी दिएका छन् ।

सोही अनुसार कार्यक्रमको पहिलो चरणमा लामा गुरूबाट पुजा पाठ, बुद्ध दर्शनका बारेमा मन्तव्यहरू र वृत्तचित्रहरू प्रस्तुत गरिने छन् । कार्यक्रमको दोस्रो भागमा नेपाल आदिबासी जनजाति कलाकार महासंघ यूएईका कलाकारहरू र जातीय संस्थाहरूले भगवान गौतम बुद्धसंग सम्बन्धित भजन, गीत तथा सांगीतिक प्रस्तुतिहरू प्रस्तुत गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: