एजेन्सी । भारतीय सेनाले काश्मीरकी एक युवतीसंग प्रेम गरेको अभियोग लागेका सेनाका मेजरलाई वरिष्ठतामा ६ महिनाको कटौती गरेको छ । भारतीय सेनाका मेजर लितुल गोगोई कारबाहीमा परेका टाइम्स अफ इन्डीयाले जनाएको छ । उनले अब पेन्सन पाउँदा वरिष्ठतामा ६ महिना कटौती हुनेछ ।
मेजर गोगोई काश्मीरकी एक युवतीसंग प्रेम सम्बन्धमा रहेको र उसलाई होटलमा लगेको अभियोग खेपेका थिए । उनले होटलमा स्थानीयसंग झगडा समेत गरेको आरोप लागेको थियो । उनलाई भारतीय सेनाले कार्ट मार्शल गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मेजर गोगोई ती व्यक्ति हुन जसले सन् २०१७ मा काश्मीरी युवकलाई ह्युमन शील्ड (मानव ढाल) बनाएर सेनाको जीपमा बाँधेर शहर घुमाएका थिए । उनलाई सेना प्रमुख बिपिन रावतले सम्मान समेत गरेका थिए ।