कैलाली, सप्तरी र रुपन्देहीमा छुट्टाछुट्टै आगलागीः १९ लाखको क्षति « Nagarik Khabar

कैलाली, सप्तरी र रुपन्देहीमा छुट्टाछुट्टै आगलागीः १९ लाखको क्षति



काठमाडौं । कैलाली, सप्तरी र रुपन्देहीमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब १८ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएअनुसार कैलाली, भजनी नगरपालिका ७ चरास्थित गहुँबाली काटेको खेतमा आइतबार दिउँसो आगलागी हुँदा ‍सो आगो सोही ठााएका ११ वटा टहरामा आगो फैलिएर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका १८ फुलबारी तुल्छीबारी बस्ने धन बहादुर बोहरा लगायत २ जनाको घरमा आइतबार दिउसो आगलागी हुँदा ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यसैगरी सप्तरी, राजबिराज नगरपालिका ३ स्थित जहर मैन तातेडको घरमा फोहर जलाउन बालेको आगोबाट आइतबार दिउसो आगलागी हुँदा घर जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । र रुपन्देही, बुटवल उपमहानगरपालिका ५ नेपालगंज रोडस्थित सोही उपमहानगरपालिका ३ पुलचोक बस्ने रिना भारीको मोबाईल पसलमा करेन्ट सर्ट भई आइतबार बेलुका आगलागी हुँदा फोटोकपी मेसिन, कम्प्युटर, ल्यापटप र अन्य सामानहरू जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: