अलपत्र पारिएका १९ बालबालिकाको उद्धार « Nagarik Khabar

अलपत्र पारिएका १९ बालबालिकाको उद्धार



काठमाडौँ । प्रहरीले महाराजगन्जबाट अलपत्र पारिएका १९ बालबालिकाको उद्धार गरेको छ । पढाउने भन्दै काठमाडौँ ल्याइ होस्टेलमा अलपत्र छाडिएका बालबालिकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले आज विहान उद्धार गरेको हो । महारागन्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाइका अनुसार उनीहरुलाई न्यू कर्णाली होस्टेलबाट उद्धार गरिएको हो ।

होस्टलका सञ्चालक जयबहादुर विक हुम्ला, जुम्ला लगायतका जिल्लाबाट बच्चा पढाइदिने भन्दै पैसा समेत लिएर फरार भएका छन् । डिएसपी प्रसाईका अनुसार दश वर्षसम्म बच्चा पढाइदिने भन्दै विकले बच्चाका परिवारसँग पैसा समेत असुल गरेका थिए । सञ्चालक विकले एक बच्चाको परिवारबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म लिएको पनि डिएसपी प्रसाईले बताए । उनका अनुसार बच्चाहरुलाई कुनै पनि स्कुलमा भर्ना गरिएको छैन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: