एक भए बाबुराम–उपेन्द्र « Nagarik Khabar

एक भए बाबुराम–उपेन्द्र



 

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकता घोषणा भएको छ ।  यो घोषणासँगै दुवै पार्टी अब एक भएका छन् । सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दलबीच एकता घोषणा सभामार्फत एकता भएको घोषणा गरिएको छ । 

एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पनि सहभागी छन् । पूर्वसभामुख उनी पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर-२ बाट उम्मेदवार बनेका थिए । नेकपाका महेश बस्नेतसँग उनी पराजित भएका थिए ।  

प्रज्ञा भवनमा एकीकरण कार्यक्रममा जम्मा भएका दुवै पार्टीका नेताहरूसँगै उनले हात उठाएर अभिभावदन गरेका छन् । एकतापछि पार्टीको नाम समाजवादी पार्टी, नेपाल राख्ने सहमति भइसकेको छ । घोषणा सभामा दुवैका पार्टीको एकिकरणको आधार पत्रका रुपमा नौ बुँदे सहमति गरेका छन् । शनिबार दुवै दलका शीर्ष नेताहरुले एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: