२० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ « Nagarik Khabar

२० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ



काठमाडौं । नेपाल एयरलाइन्सका एक जना कर्मचारी अवैध ३० तोला सुनसहित पक्राउ परेका छन् ।

महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो ।

यादवलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको उक्त अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए । दोहाबाट नेपाल एयरलाइन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको प्रहरीले बताएको छ ।

यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाइन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: