गर्मी बढेपछि चितवनका विद्यालय पनि बन्द « Nagarik Khabar

गर्मी बढेपछि चितवनका विद्यालय पनि बन्द



चितवन । अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगर प्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिइन् । चितवनमा ३८ डिग्रीभन्दा माथि तापक्रम पुगेको छ । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नु परेको उनको भनाइ छ ।

सरोकारवालाको सुझाव र विद्यालयको वस्तुगत अवस्थाको मूल्यांकन गरी बिदाको निर्णय लिइएको दाहालले बताइन् । गर्मी बढेसँगै साना बालबालिका बिरामीसमेत पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: