काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोडको बजेट प्रदेशसभामा सार्वजनिक गरे ।
आर्थिक मामिला मन्त्री गुरुङले प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेस गरेका थिए । उनले चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको जानकारी दिए । पर्यटन प्रवर्धनलाई गण्डकी प्रदेशले प्राथमिकतामा राखेको छ ।