काठमाडौँ । प्रदेश १ सरकारले आज ४२ अर्ब २० करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले आज प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन ।
सडक, भौतिक पूर्वाधार, पर्यटन प्रवर्धन र कृषिलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।