डलर र सुन साट्ने भन्दै लुटपाट गर्ने २ जना पक्राउ « Nagarik Khabar

डलर र सुन साट्ने भन्दै लुटपाट गर्ने २ जना पक्राउ



काठमाडौं । डलर र सुन साट्ने भनी लुटपाट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टाेलीले भक्तपुर साँगाबाट आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–८ घर भई हाल काभ्रे पाँचखाल बस्ने जित बहादुर तामाङ र सोही ठाउँ घर भई हाल धुलिखेल बस्ने राम बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

जित बहादुर र राम बहादुरले नयाँ बसपार्क र बौद्धलाई मुख्य आधारक्षेत्र बनाई विदेशबाट फर्किएका व्यक्तिहरुलाई डलर र सुन साट्ने लगायत अन्य विदेशी रकम बढीमा साटी दिने भन्दै बण्डलको अगाडि र पछाडि मात्रै सक्कली नोट राखी भित्रतर्फ कागज राखेर नक्कली पैसाको बण्डल साटी भागि हिँड्ने गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: