पाकिस्तानविरुद्व रोहितको शतक, भारतद्वारा ३३७ रनको लक्ष्य प्रस्तुत « Nagarik Khabar

पाकिस्तानविरुद्व रोहितको शतक, भारतद्वारा ३३७ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अहिले जारी खेलमा भारतले पाकिस्तानसामु तीनसय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ । इङ्ल्यान्डको वल्ड ट्राफोर्डमा टस हारी पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीनसय ३६ रनको योगफल तय गरेको हो ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले एकसय १३ बलमा एकसय ४० रनको शतकीय योगदान दिए । उनले आफ्नो पालीमा तीन छक्का र १४ चौका प्रहार गरे । उनीबाहेक कप्तान विराट कोहलीले ७७ र अर्का प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ५७ रनको योगदान दिए ।

कोहलीले आफ्नो पालीमा सात चौका प्रहार गर्दा राहुलले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । रोहितले पहिलो विकेटका लागि राहुलसँग मिलेर एकसय ३६ र दोस्रो विकेटका लागि कप्तान कोहलीसँग मिलेर ९८ रनको साझेदारी गरेका थिए ।

हार्दिक पाण्ड्या २६ र महेन्द्र सिंह धोनी एक रनमा आउट हुँदा विजय शंकर १५ रनमा अविजिन रहे । पाकिस्तानका मोहम्मद आमीरले तीन विकेट लिए । १० ओभर बलिङ गरेका आमीरले एक मेडनसहित ४७ रन खर्चिएका थिए । हसन अली र वाहब रियाजले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: