लागु औषधसहित ६ जना पक्राउ « Nagarik Khabar

लागु औषधसहित ६ जना पक्राउ



म्याग्दी । प्रहरीले म्याग्दीस्थित बेनीबाट ६ जनालाई लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवती पनि छन् ।

उनीहरुको साथबाट ८६ सेट (डाइजापाम, फेनेरागन र नुर्फिन) बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए । उनीहरुलाई जिल्ला अदालतबाट अनुसन्धानका लागि आइतबार १० दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।

पक्राउ पर्नेमा रघुगङ्गा गाउँपालिका–१ बेगका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८ की रेजिना श्रेष्ठ र मङ्गला गाउँपालिका–३ बरंजाकी २२ वर्षीया सीता केसी छन् । यस्तै बेनी नगरपालिका–९ गलेश्वरका राजकुमार शेरपुञ्जा, बेनी नगरपालिका–८ का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६ घर भई हाल बेनी नगरपालिका–७ मंगलाघाट बस्ने २० वर्षीय प्रविण छन्त्याल छन् ।

शङ्कास्पद रुपमा हिँडिरहेका उनीहरुलार्ई गस्तीमा रहेको प्रहरी टोलीले शनिबार राति जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि नियन्त्रणमा लिएको हो । उनीहरुले लागु औषध प्रयोगका साथै ओसारपसारमा समेत संलग्न भएको प्रारम्भिक बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: