विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान ८९ रनले पराजित « Nagarik Khabar

विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान ८९ रनले पराजित



काठमाडौं । विश्वकप क्रिकेटअन्तर्गत भएको खेलमा भारतले पाकिस्तानलाई ८९ पराजित गरेको छ । ओल्ड ट्रफोर्डमा भएको खेलमा भारतले दिएको ३३७ रनको लक्ष्य प्रतिद्वन्द्वी पाकिस्तानले पूरा गर्न सकेन ।

भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । त्यसपछि सुरु भएको वर्षाका कारण खेल ४० ओभरमा घटाइएको थियो । ५० बाट ४० ओभरमा झारेर लक्ष्य पनि सोही अनुसार घटाइएको खेलमा पाकिस्तानले लक्ष्य पूरा गर्न सकेन । निर्धारित नयाँ लक्ष्य अनुसार पाकिस्तानले ५ ओभरमा १३६ रन बनाउनु पर्ने थियो ।

पाकिस्तानका लागि ओपनर फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बाबर आजमले ४८ रनको योगदान दिए । यसैगरी इमाद वासिमले नटआउट ४६ रन बनाए । उनीहरू बाहेक पाकिस्तानका अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङतर्फ पाकिस्तानका भीजे शंकर, हार्दिक पान्ड्या तथा कुलदिप यादवले समान २÷२ विकेट लिए ।

यता भारतका लागि भने ओपनर रोहित शर्माले शतक प्रहार गरे । उनले ११३ बल खेल्दै १४० रन बनाए । त्यस्तै अर्का ओपनर लोकेश राहुलले पनि व्यक्तिगत ५७ रन बटुले । नियमित ओपनर शिखर धवन घाइते भएपछि ओपनिङमा मौका पाएका राहुलले ७८ बलमा ३ चौका र २ छक्का हिर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: