प्रदेश ५ को बजेटमा विद्यार्थी नेता पुनको प्रश्नः जनयुद्धप्रति किन वितृष्णा ? « Nagarik Khabar

प्रदेश ५ को बजेटमा विद्यार्थी नेता पुनको प्रश्नः जनयुद्धप्रति किन वितृष्णा ?



काठमाडौं । प्रदेश ५ ले हिजो प्रस्तुत गरेको बजेटमा नेकपाकै विद्यार्थी संगठनका नेता दीपेश पुनले गम्भीर असन्तुष्टि जनाएका छन् ।

बजेट मन्तव्यमा जनयुद्धप्रति संकीर्णता देखाउँदै निजी कमाईको हिसाब किताब जस्तो गरेको भन्दै नेता पुनले प्रदेश सरकारलाई गम्भीर हुन आग्रह गरेको छ ।

जनयुद्धले निर्माण गरेको जगमा गणतन्त्रको स्थापना भएको र सोही गणतन्त्रको प्रदेश सरकारले जनयुद्ध शब्दप्रति गरेको विभेदकारी कदमप्रति प्रश्न उठाएका छन् ।

बजेट मन्तव्यको १८७ नम्बर बुँदामा भनिएको छ ‘जनआन्दोलन पहिलो, दोस्रो र मधेस आन्दोलनमा सहादत प्राप्त गरेका शहिदका आश्रित पति, पत्नि, छोरा र छोरी तथा माता पिताको नाममा स्वामित्व प्राप्त हुनेगरी पारित हुने लिखतमा आर्थिक ऐन बमोजिम लाग्ने सबै प्रकारको शुल्क पूर्णरुपमा छुट हुने व्यवस्थालाई निरन्तरता दिएको छु।’

विद्यार्थी नेता पुनको यही बुँदामा असहमति हो । आन्दोलनका बेलामा मात्र नभएर जनयुद्धमा धेरै शहिदका आश्रित परिवारप्रति गम्भीर बन्दै नेता पुनले प्रदेश सरकारको बजेटप्रति प्रश्न उठाएका हुन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै प्रश्न गरेका छन्- जनयुद्धले निर्माण गरेको जगमा गणतन्त्रको घर बनाएर, त्यही घरको डाडुपन्यू सम्हालेर अन्ततः जनयुद्ध शब्द प्रति नै संकिर्णता देखाउने ५ नं प्रदेश सरकारलाई मेरो आग्रह छ “बजेट भाषण भनेको आफ्नो घरको हिसाब किताब हैन, जनताको आँशु पसिना र रगतको दस्ताबेज पनि हो। जनताको करलाई आफ्नो निजी कमाई जस्तो नठानौ कि ?”

अर्को स्टाटस यस्तो लेखे- ‘प्रदेश नम्बर ५ सरकारलाई जनयुद्ध प्रति किन त्यती धेरै बितृष्णा ।। बजेट भाषणमा देखियो ??
जनयुद्वका सहिदहरुको प्रतिको यो अपमान हामीलाई कुनै हालतमा स्वीकार्य छैन।बरु जस्तो सुकै संघर्षको रणमैदानमा आउन हामी तयार छौं।म प्रदेश सरकार र माननीय ज्यूहरुलाई विनम्रतापूर्वक ध्यानाकर्षण गराउन चाहान्छु।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: