प्रतिपक्षबिना बजेट टेबुल गरेपछि प्रदेश नं. २ मा विवाद « Nagarik Khabar

प्रतिपक्षबिना बजेट टेबुल गरेपछि प्रदेश नं. २ मा विवाद



काठमाडौं । प्रदेश नं. २ को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफूहरुको उपस्थितिबिना बजेट टेबुल गरिएको भन्दै असन्तुष्टि जनाएको छ । प्रतिपक्षी दलका सांसदहरु बाहिर गएपछि सत्तापक्षको मात्रै उपस्थिति रहेको बेला प्रदेससभामा बजेट तेबुल गरिएको थियो । 

सत्तापक्षले भने विपक्षी सांसदहरु निर्धारित समयमा नआएकाले तोकिएकै समयमा बजेट टेबुल गरिएको प्रतिक्रिया दिएको छ । आफूहरुको अनुपस्थितिमा बजेट टेबुल गरिएपछि असन्तुष्ट बनेको नेकपाले संसद चल्न नदिने जनाएको छ ।

सरकारले आफ्ना सांसदहरुको मात्रै उपस्थितिमा बजेट टेबुल गरेर आफूहरुलाई पेल्न खोजेको विपक्षीको आरोप छ । उसले विपक्षीबिना बजेट टेबुल गरेर सरकारले ‘नयाँ नजिर’ बसालेको प्रतिक्रिया दिएको छ ।

आफूहरु संसदीय दलको कार्यालयमा बसेर बजेटबारे छलफल गरिरहँदा सरकारले आफ्ना सांसदहरु मात्रै राखेर बजेट प्रस्तुत गरेको नेकपाका नेता सत्यनारायण मण्डलले बताए ।

सत्तापक्षले भने प्रतिपक्षले ढिलो हुने जानकारी नगराएकाले प्रतिपक्षीको उपस्थितिबिनै बजेट टेबुल भएको प्रतिक्रिया दिएको छ । प्रतिपक्षले ढिलो हुने जानकारी गराएको भए आफूहरु पर्खन तयार रहे पनि त्यस्तो नभएकाले बजेट टेबुल भएको सत्तापक्षको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: