गुठी विधेयकविरुद्धको आन्दोलनलाई कांग्रेसको समर्थन « Nagarik Khabar

गुठी विधेयकविरुद्धको आन्दोलनलाई कांग्रेसको समर्थन



काठमाडौं । गुठी विधेयकविरुद्ध उठेको सडक आन्दोलनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाउने भएको छ । कांग्रेसले गुठी विधेयक तत्काल फिर्ता लिन पनि आग्रह गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकविरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने बताए । उनले विधेयक फिर्ता लिन सरकारसँग माग गरे ।

नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरि सरकारले विधेयक ल्याएको दावी गरे । गुठी विधेयक फिर्ता नलिए गम्भीर परिस्थिति श्रृजना हुन सक्नेतर्फ समयमै सचेत नभए उत्पन्न गम्भीर परिस्थितिका लागि सरकार स्वयम जिम्मेवार हुने पनि बढूको चेतावनी थियो ।

प्रधानमन्त्रीले ‘सोचिने छ, विचार गरिने छ’ भन्ने र सरकारकै प्रवक्ताले ‘सामन्ती अवशेष समाप्त पारि छाड्ने’ भन्ने अभिव्यक्ति दिँदै आएको भन्दै उनले सरकारको ‘कुटे जस्तो र रोए जस्तो’ दोहोरो चरित्र स्वीकार्य नहुने उल्लेख गरे ।

सभामुखले सोमबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्तै नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले सांसद बडू र राजपाका सांसद लक्षमणलाल कर्णलाई समय दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: