नागोयामा नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न « Nagarik Khabar

नागोयामा नेपाल फेस्टिवल भव्य रुपमा सम्पन्न



नागोया । जापानको नागोयामा पहिलो पटक नेपाल फेस्टिवल भएको छ । नेपाल भ्रमण बर्ष २०२० नजिकदै गर्दा नेपाली कला सस्कृति तथा मौलिक पहिचान झल्काउदै जापानिहरुमा नेपालको पर्यटन प्रबर्दन गर्ने उद्श्यले फेस्टिबल आयोजना गरिएको हो ।

नेपाल फेस्टिवल शनिबार र आइतबार नागोयाको साकयास्थित हिसियादोहोरी पार्कमा भएको हो । फेस्टिवलमा २ तलाको नेपाली बाटुले घर मुख्य आकर्षणका रुपमा राखिएको थियो । फेस्टिवल जापानका लागि नेपाली राजदूत प्रतिभा रानाले उद्घाटन गरेकी थिइन ।  

कार्यक्रममा नेपाली राजदूत उपनियोग उपप्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनएका अध्यक्ष भवन भट्ट, जर्मनका उपाध्यक्ष कुमार पन्त, प्रवक्ता भूषण घिमिरे, आइसिसी युवा संयोजक सुदन थापा, एनआरएन जापान अध्यक्ष टाशी वान्दी लामा लगाएतको सहभागीता रहेको थियो ।
नेपाली बाजागाजा सहित विभिन्न जातजातिका जातिय पोशाकमा सजिएर हामी नेपाली हो भनेर र्यालीसहित विभिन्न समुदायमा रहेका बिबिध कला, संस्कृति तथा भेषभुषा झल्काउने प्रस्तुति बिशेष थियो ।

कार्यक्रममा तामाङ,शेर्पा ,मगर ,राई र नेवार लगायत जातजातिहरुको नुत्य ,झाकी पनि आकर्षणका रुपमा रहेको थियो ।
फेस्टिवलमा नेपाली खानाका स्टल १२ वटा, नर्मल स्टल २० वटा राखिएको थियो । साथै अन्य विभिन्न नेपालको प्रचार प्रसार गर्ने तथा पर्यटन प्रबर्दनमा सहयोग पुग्ने खालका स्टल हरु समेत राखिएको थियो ।

कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । साथै जापनी कलाकारहरुले नुत्य र गायन पनि प्रस्तुत गरेको थियो । यस्तै, नेपाली परम्परा अनुसारको बिबाह गर्ने प्रचलनलाई पनि जापानीहरुमाझ देखाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: