‘भूमिसम्बन्धी विधेयकले सुकुम्बासी समस्या समाधान गर्दैन’ « Nagarik Khabar

‘भूमिसम्बन्धी विधेयकले सुकुम्बासी समस्या समाधान गर्दैन’



काठमाडौं । विज्ञहरुले सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दावी गरेका छन् ।

भूमिविज्ञ जगत बस्नेतले भूमिहीनहरुलाई घरबासको तत्काल व्यवस्था हुने गरी कानुन बनाउन पनि सरकारसँग माग गरे । उनले भूमिहीनहरुले भोग चलन गर्दै आएको जग्गा उनीहरुले नै प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा ‘भूमि सम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले भूमिहीनहरुको समस्या समाधान हुने गरी कानुनी व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए ।

भूमि तथा सहकारी विज्ञ केशव बडालले भूमिहीनहरुको समस्या अझै समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । उनले हिमाल, पहाड र तराईको उर्वरायुक्त जमिन बाँझो बस्न नदिने नीति तय गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । बडालले हिमाल, पहाड र तराईमा जग्गाको हदबन्दी तोक्दा फरकफरक मापदण्ड बनाउन पनि सरकारलाई सुझाव दिए ।

विज्ञहरुले दाङ, बाँके, बर्दियामा रहेका भूमिहीनको समस्या समाधानका लागि बसोबास आयोगले दिएको सुझावलाई कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: