प्रदेश ३ को बजेटमा २१ नाराः ‘एक घर एक धारादेखि समृद्ध प्रदेशसम्म’ « Nagarik Khabar

प्रदेश ३ को बजेटमा २१ नाराः ‘एक घर एक धारादेखि समृद्ध प्रदेशसम्म’



काठमाडौं । प्रदेश नम्बर ३ को आगामी आर्थिक वर्ष ०७६/७७ का लागि बजेटमा २१ वटा नारा घोषणा गरिएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६र७७ को बजेटमा एक घर, एक धारादेखि समृद्ध प्रदेशसम्मको नारा घाषणा गरिएको हो । कतिपय नाराहरु सस्तो लोकप्रियताको लागि घोषणा गरिएको देखिन्छ ।

प्रदेश ३ ले बजेटमा उल्लेख गरेका नारा यस्तो छ: 

१.‘स्वास्थ्य, सुसंस्कृत सुखी जनता : समाजवाद उत्मुख समृद प्रदेश’
२.‘प्रदेश समृद्धिको आधारः श्रम सिर्जना, उत्पादन र रोजगार’
३.‘निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’
४.‘प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’
५.‘एक विद्यालय, एक नर्स’
६.‘प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार’
७.‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश’
८.‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’
९.‘मुख्यमन्त्री कृषि पुरस्कार’

१०.‘एक स्थानीय तह : एक विशेष उत्पादन’
११.‘एक नपाली एक फलफूल विरुवा रोपण’
१२.‘कृषि व्यवसायमा, युवा स्वयंसेवक परिचालन’ (२ सय युवाहरु कृषि स्वयंसेवक)
१३.‘वातावरण संरक्षण हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा’
१४.‘वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणाली मार्फत सबै कारोबार’
१५.‘प्रदेश सरकारको भावना : जिम्मेवारी नागरिकको चाहना’
१६.‘प्रदेश सरकारको पहिचान, निः शुल्क कानूनी जनसहायता अभियान’
१७.‘एक घर, एक धारा’
१८.‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम’
१९.‘हामी सबै उद्यमी’
२०.‘पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार’
२१.‘२०२०–२०३० अवधिलाई ‘प्रदेश भ्रमण दशक’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: