गर्मीका कारण बिहारमा ७८ जनाको मृत्यु भएपछि रेड अलर्ट जारी « Nagarik Khabar

गर्मीका कारण बिहारमा ७८ जनाको मृत्यु भएपछि रेड अलर्ट जारी



एजेन्सी । नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा गर्मीका कारण रेड अलर्ट जारी गरिएको छ । अत्यधिक गर्मीका कारण विभिन्न समस्याले ७८ भन्दा धेरैको मृत्यु भएपछि बिहारमा रेड अलर्ट जारी गरिएको हो । औरंगावादमा मात्र ४७ जनाको मृत्यु भैसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

रेड अलर्ट जारी भएपछि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुला स्थानमा सार्वजनिक कार्यक्रम र निजी निर्माणका काम गर्न रोक लागेको छ । धारा १ सय ४४ लागेपछि सार्वजनिक कार्यक्रम, राजनीतिक धर्ना, प्रदर्शन र ठुलो जमघट पनि निषेध भएको छ । मौसमको अवस्थाका कारण धारा १ सय ४४ लागेको पहिलो पटक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बिहारको पटना लगायत मुख्य सहरी क्षेत्रको तापक्रम ४५ डिग्री पुगेपछि शिक्षा विभागले जुन २२ सम्मका लागि विहारका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: