बझाङमा जीप दुर्घटनामा ९ जनाको मृत्यु « Nagarik Khabar

बझाङमा जीप दुर्घटनामा ९ जनाको मृत्यु



बझाङ । बझाङमा जीप दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्वार गर्न निकै समस्या भएको छ । दुर्घटनाको कारण खुल्न नसकेको बझाङका पत्रकार प्रताप ओलीले जनाएका छन् ।

जीपमा कति व्यक्ति सवार थिए भन्ने केही खुल्न सकेको छैन । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीसहितको टोली गएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: