विवादित विधेयक फिर्ता लिन राप्रपाको माग « Nagarik Khabar

विवादित विधेयक फिर्ता लिन राप्रपाको माग



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विवादित विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।

उनले मिडिया काउन्सिल विधेयक, मानव अधिकारसम्बन्धी विधेयक, सेना सञ्चालनसम्बन्धी विधेयक र गुठी व्यवस्थापन विधेयकजस्ता विवादास्पद विधेयक फिर्ता लिन आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले गुठी व्यवस्थापन विधेयकले सनातन रूपमा सञ्चालन हुँदै आएको धर्म, संस्कृति, परम्परा र अधिकारमा प्रभाव पार्ने भएकाले सरकारले यसतर्फ ध्यान दिई अविलम्ब विधेयक फिर्ता लिन आग्रह गरे ।

हेटौंडामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष थापाले पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक आगामी साउनमा आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: