आजको नयाँ पत्रिकामा नेकपा नेता झलनाथ खनालसँग सरकारले ल्याउने विधेयकको सन्दर्भमा अन्तर्वार्ता छापिएको छ । अन्तर्वार्ताको केही अंश:
‘सरकारले कुनै पनि विधेयक ल्याउँदा पार्टीको उच्चस्तरमा छलफल भएको हुनुपर्छ । नीति निर्णय भएको हुनुपर्छ । समझदारी निर्माण भएपछि मात्र विधेयक आउनुपर्छ । यो आमनियम हो । तर अहिलेसम्म कुनै पनि विधेयकबारे पार्टीमा छलफल भएको छैन । पार्टीको नेतृत्व तहमा कुनै विचार परामर्श पनि छैन ।
हामीले पनि विधेयक आइसकेपछि संसदबाट थाहा पाउने हो । कति विधेयकमा त्रुटि छ, कतिमा के छ भन्ने कुरा पब्लिकको टिप्पणी सुरु भएपछि बल्ल थाहा पाइन्छ ।’
–झलनाथ खनाल, वरिष्ठ नेता नेकपा