प्रधानाध्यापकको लाठी र मुक्का प्रहारबाट विद्यार्थी अर्धचेत « Nagarik Khabar

प्रधानाध्यापकको लाठी र मुक्का प्रहारबाट विद्यार्थी अर्धचेत



सर्लाही । जिल्ला स्थित एक सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापकको कुटाइबाट सोमबार एक विद्यार्थी अर्धचेत भएका छन् भने अन्य ५ जना सामान्य घाइते भएका छन्। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

बरहथवा नगरपालिका–१ हजरियाको सहनी टोलास्थित बागमती सामुदायिक आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्र रायको कुटाइबाट कक्षा ३ मा अध्ययनरत संजीव सहनी अर्धचेत भएका हुन्। प्रअ रायले आफू सहित अन्य ५ जना विद्यार्थीलाई कुटेको घाइते संजीवले बताए। प्रअ रायको कुटाइबाट अर्धचेत बनेका संजिवको बरहथवा बजारस्थित भेनस अस्पतालमा उपचार भइरहेको छ। संजीवलाई हाल स्लाइन पानी चढाउने लगायत उपचार भइरहेको अस्पतालले जनायो।

‘बिहान लाईनमा बस्दा भनेअनुसार नगरेको भन्दै सरले पहिला लाठीले पिट्नुभयो र लाठी भाँच्चिएपछि मुक्का प्रहार गर्नुभयो’, संजीवले भने, ‘त्यसपछि म भक्लकै ढलेँ, केही थाहा भएन, अस्पतालमा उपचार भइरहेको रहेछ।’ प्रअ रायले आफूसँगै ३ कक्षामै अध्ययनरत तेतरी देवी, विसुन्दर सहनी, सन्तानु सहनी, विवेक सहनी लगायतलाई समेत निर्घात कुटपीट गरेको संजीवले बताए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: