विवादित गुठी विधेयकमा खास के छ ? « Nagarik Khabar

विवादित गुठी विधेयकमा खास के छ ?



काठमाडौं । सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकलाई लिएर अहिले देशभर प्रर्दशन भइरहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री परिषद्मा अर्यालले गत १७ वैशाख राष्ट्रिय सभामा दर्ता गराएको ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५’ हाल छलफलका क्रममा छ ।

विधेयकको विरुद्धमा राजधानीमा आन्दोलन चर्किएको छ । देशका अन्य भागमा पनि पक्ष–विपक्षमा आन्दोलन भइरहेको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

विधेयक पारित भएको अवस्थामा गुठीको मौलिकता र अस्तित्व संकटमा पर्ने भन्दै उपत्यकाका रैथाने नेवार समुदायलगायत देशका विभिन्न स्थानमा अभियन्ता तथा स्थानीयहरू विधेयक खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

के छ गुठी विधेयकमा ?

सकारात्मक पक्ष

– समय सापेक्ष परिवर्तनको आशय बोकेको विधेयकमा संस्थानको कमीकमजोरीलाई समाधान गरी प्रभावकारिताका लागि प्राधिकरणको अवधारणा ल्याइएको
– जात्रा, पर्व, गुठीलगायत प्रचलनमा रहेका परम्परालाई जीवित राख्न सरकारले बन्दोबस्तीको व्यवस्थापन गर्ने
–गुठीको आयबाट धार्मिक, सामाजिक, परोपकारी, शैक्षिक काममा प्रयोग गर्ने
–प्राचीन गरगहना, धार्मिक सांस्कृतिक वस्तुहरूको लगत राखी संरक्षण गर्ने
– विद्वत्सभा गठन
–प्रदेश गुठी व्यवस्थापन समिति गठन
–गुठी अधीनस्थ जग्गामा मोही हक आधार प्रदान गर्ने
– गुठी सम्पत्तिको निरीक्षण र अनुगमन गर्ने

नकारात्मक पक्ष

–प्राधिकरण, प्रदेश गुठी व्यवस्थापन समिति गठन गर्दा परम्परागत रूपमा गुठी, जात्रा, पर्व सञ्चालन गर्दै आएका गुठियारहरूलाई समावेश गर्ने व्यवस्था नरहेको
–गुठीमा प्राधिकरणको हस्तक्षेप रहने सम्भावना बढेको
– गुठी तैनाथी जग्गालाई रैतानीमा परिणत गर्न पाउने सम्भावना
– गुठीको वर्गीकरण आयस्रोतका आधारमा गरिएको हुँदा यसले राष्ट्रिय महत्वलाई प्रतिनिधित्व गर्न नसक्ने अवस्थाको सिर्जना
– प्रदेश कानुन बनाएर छुट गुठी चलाउन पाउने व्यवस्था तर कानुन नबनेको अवस्थामा केन्द्र नै हावी हुने सम्भावना बढ्दो
– गुठी तथा धार्मिकस्थल बनाउन दर्ता हुनुपर्ने र सम्पत्ति विवरण बुझाउनुपर्ने

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: