भ्वाइस अफ नेपाल-२ मा को-को छन् कोचहरु ? « Nagarik Khabar

भ्वाइस अफ नेपाल-२ मा को-को छन् कोचहरु ?



काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २ प्रशारण मिति नजिकिदै छ । यस सिजनमा दुई जना नयाँ कोच प्रवेश गरेका छन् ।

द भ्वाइस अफ नेपाल सिजन १ मा कोचहरु थिए, दीप श्रेष्ठ, सनुप पौडेल, अभया श्रेष्ठ र प्रमोद खरेल । यी चार जना कोचमध्ये सिजन २ मा दुई जना कोच देखिने छैनन् । सनुप र अभयालाई सिजन २ मा कोचको रुपमा दर्शकले देख्न पाउने छ्रैनन् ।

सनुप र अभयाको स्थानमा दुई जना सिङ्गर (कोच)को इन्ट्री भएको छ । गायक राजु लामा र गायिका आस्था राउत सिजन २ मा कोचको रुपमा देखा पर्ने भएका छन् । सिजन २ मा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत कोचको रुपमा रहने छन् ।

हिमालय टेलिभिनमा साउनको पहिलो साताबाट यस कार्यक्रम प्रशारण हुने छ । शुक्रबार र शनिबार राति ८ बजे शो प्रशारण हुने छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: