सुर्खेतमा गिरफ्तार विद्यार्थी छाड्न अनेरास्ववियूको माग « Nagarik Khabar

सुर्खेतमा गिरफ्तार विद्यार्थी छाड्न अनेरास्ववियूको माग



काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको टि-सर्ट काण्डको बिरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता अविलम्ब रिहा गर्न अनेरास्ववियूले माग गरेको छ । विश्वविद्यालयले नवौं वार्षिकोत्सव मनाउने क्रममा काठमाडौंको एक कलेजको प्रायोजनमा छापिएको टि-सर्ट वितरण भएपछि विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

प्रदर्शनका क्रममा झण्डै एक दर्जन विद्यार्थी नेताहरु गिरफ्तार परेपछि अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ती निकालेर विद्यार्थी नेताहरुलाई अविलम्ब रिह ागर्न र उत्पन्न समस्यालाई समाधान गर्न जोडदार माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: