सदनमा प्रतिपक्षको आन्दोलन : प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसको अवरोध (भिडियोसहित) « Nagarik Khabar

सदनमा प्रतिपक्षको आन्दोलन : प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसको अवरोध (भिडियोसहित)



काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभन्दा पहिले आफ्नो संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेसले सदन अवरोध गरेको हो ।

सभामुख कृष्णबहादुर महराले पटकपटक प्रधानमन्त्रीका कुरा सुनेपछि समय उपलव्ध गराउने बताएपनि प्रतिपक्ष नेपाली काँग्रेसको अवरोध र नाराबाजी कायमै रह्यो । अवरोध कायमै रहेपछि सभामुख महराले बैठक भोली अर्थात असार ४ गतेसम्मका लागि स्थगित गरेका छन् । सम्बोधनका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओली फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमण, सदनमा उठेका विभिन्न प्रश्न लगायतका विषयमा जवाफ दिने गरी सम्बोधनको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: