हलिउडबाट हुँदैछ शाहरुखका छोरा आर्यनको डेब्यू « Nagarik Khabar

हलिउडबाट हुँदैछ शाहरुखका छोरा आर्यनको डेब्यू



एजेन्सी । बलिउड बादशाह शाहरुख खान आफ्ना जेठा छोरा आर्यन खानलाई छिट्टै फिल्ममा लन्च गर्दैछन् ।

उनी बलिउड फिल्ममा नभइ हलिउड फिल्मबाट डेब्यू गर्न लागेका हुन् । आर्यन ‘दि लायन किङ्ग’ नामक फिल्मबाट डेब्यू गर्न लागेका हुन् ।

यो खबरले अहिले बलिउड तातेको छ । ट्रेड एनालिस्ट तरण आदर्शले यो खबरको पुष्टी गरेका हुन् ।

फिल्ममा आर्यन आफ्ना पिता शाहरुखसँग मिलेर काम गर्नेछन् । उक्त फिल्म ‘एनिमेटेड फिल्म’ हुनेछ । फिल्ममा शाहरुख र आर्यनले आफ्नो आवाज दिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: