कुलमानमाथि यस्तो आरोप लगाउँदै कार्यकक्षमा कर्मचारीको धर्ना « Nagarik Khabar

कुलमानमाथि यस्तो आरोप लगाउँदै कार्यकक्षमा कर्मचारीको धर्ना



काठमाडौं । अखिल नेपाल ट्रेड युनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले नेपाल बिद्युत प्राधिकरणको केन्द्रीय कार्यलयको प्रशासन कक्षमा तालाबन्दी गरेको छ । 

कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारी सेवा विनियमावली मिचेको भन्दै युनियनले आज तालाबन्दी गरेको हो ।

युनियनले हिजो कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा धर्ना दिएको थियो ।

नेपाल विद्युत प्राधिकरणले गरेको कर्मचारी सरुवामा कार्यकारी निर्देशक कुलमान घिसिङले ‘कर्मचारी सेवा विनियमावली’ मिचेको आरोप लगाउदै युनियनले विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: