आठ वर्षभित्र चीनलाई उछिन्नेछ भारतले « Nagarik Khabar

आठ वर्षभित्र चीनलाई उछिन्नेछ भारतले



एजेन्सी । संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्यासम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गरेको छ ।

रिपोर्टले भविष्यको जनसंख्या प्रक्षेपण गरेको छ । जसअनुसार सन् २०२७ सम्ममा भारतको जनसंख्या चीनको भन्दा बढी हुनेछ ।

रिपोर्टका अनुसार सन् २०५० सम्म भारतको जनसंख्या १ अर्ब ६४ करोड हुनेछ । तत्कालीन अवस्थामा त्यो संख्या विश्वको कुनै देशको भन्दा बढी हुनेछ ।

रिपोर्टअनुसार, २१ औं शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या ११ अर्बसम्म पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: