सदनमा प्रधानमन्त्रीलाई बोल्न नदिनु गलत : नेपाल (भिडियोसहित) « Nagarik Khabar

सदनमा प्रधानमन्त्रीलाई बोल्न नदिनु गलत : नेपाल (भिडियोसहित)



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्रीलाई बोल्न नदिएर गलत कार्य गरेको आरोप लगाएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठक कांग्रेसका कारण स्थागित भएपछि सञ्चारकर्मीसँग प्रक्रिया दिँदै नेता नेपालले संसदीय प्रक्रियाअनुसार प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्छु भनेपछि अवरोध गर्न नहुने तर्क गरे । उनले भने, ‘संसदीय प्रक्रियाअनुसार प्रधानमन्त्रीले बोल्ने भने पछि प्रधानमन्त्रीले भनेको सुन्नु पर्छ ।’

उनले प्रधानमन्त्रीले सदनमा आफ्ना कुरा राखेपपछि प्रतिपक्षले बोल्नुपर्ने बताए । यस्तै, नेता नेपालले सदनमा सभामुखले भनेको नमान्नु गलत संसदीय नजिर बनाउनु खोज्नु भएको टिप्पणी गरे ।

मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमण र सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको थियो । तर, प्रधानमन्त्री रोष्ट्रम पुग्नै लाग्दा प्रतिपक्ष कांग्रेसको नाराबाजी गरी बैठक अवरुद्ध गरेका थिए ।

यो पनि पढ्नुहोस्

सदनमा प्रतिपक्षको आन्दोलन : प्रधानमन्त्रीको सम्बोधनमा काँग्रेसको अवरोध (भिडियोसहित)

रोष्ट्रममा घोसेमुन्टो लगाएर प्रधानमन्त्री ओली फर्किए (भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: