विपक्षीले संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री « Nagarik Khabar

विपक्षीले संसदमा बोल्न नदिएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मङ्गलवार) पत्रकार सम्मेलन आयोजना गरेका छन् । प्रमुख विपक्षी नेपाली काँग्रेसले संसद् अवरोध गरेर आफूलाई बोल्न नदिएपछि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको पत्रकार सम्मेलन बेलुकी ५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा हुने भएको छ । प्रधानमन्त्रीले आफ्नो युरोप भ्रमण, गुठी लगायतका विभिन्न विवादित विधेयकका विषयमा सदनलाई जानकारी दिन रोष्ट«ममा पुगेपछि प्रतिपक्षी काँग्रेसले अवरोध गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: