अपडेट : कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित केही बेपत्ता « Nagarik Khabar

अपडेट : कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित केही बेपत्ता



काठमाडौँ । हुम्लाको खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही सहित झन्डै १० जना चढेको जिप कर्णाली नदीमा खसेको छ ।

खार्पूनाथको याङ्चुबाट जिप कर्णाली नदीमा खसेको र उपाध्यक्ष हमाल सहित झन्डै १० जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

घटना लगत्तै हेलिकप्टरको सहायतामा खोजी कार्य सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधि चढेको गाडी दुर्घटना भएको खबर आए लगत्तै उद्धारका लागि सम्पूर्ण जनशक्ति परिचालन गरिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । 

 

यो पनि पढ्नुहोस्

BREAKING : हुम्लाको खार्पुनाथ गाउँपालिकामा जनप्रतिनिधि चढेको जिप दुर्घटना

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: