‘सांसदले प्रश्न नगरी प्रधानमन्त्रीले कसरी जवाफ दिन्छन् ?’ (भिडियोसहित) « Nagarik Khabar

‘सांसदले प्रश्न नगरी प्रधानमन्त्रीले कसरी जवाफ दिन्छन् ?’ (भिडियोसहित)



काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले संसदीय अभ्यासमा नागरिकको आवाज कुण्ठित गर्न नहुने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रमअघि प्रतिपक्षले बोल्न पाउनुपर्ने माग गर्दा सभामुखले नदिएकाले बैठक अवरुद्ध पारेको प्रतिक्रिया दिए ।

‘प्रतिपक्षले समय मागेपछि त्यो सभामुखले सुन्न पथ्र्यो । त्यो नसुनेकाले रोष्टम घेरियो । स्थागित भयो,’ उनले प्रष्ट्याउँदै भने, ‘संसदीय अभ्यास भनेको सदनमा प्रधानमन्त्रीले मात्रै बोल्ने भन्ने होइन, नागरिकको आवाज पनि पुग्नु पर्छ ।’

नेता कर्णले प्रतिपक्षले बोलेपछि त्यसको जवाफ दिने समय प्रधानमन्त्रीलाई उपलब्ध गराउनुपर्ने जिकिर गरे । ‘संसदले प्रश्न नगरी प्रधानमन्त्रीले सदनमा के जवाफ दिन्छन् ?’ उनले प्रश्न गरे, ‘मेरो कुराको जवाफ आइहाल्छ भने पूर्वानुमान कसरी गर्ने ?’

उनले दमननाथ ढुंगाना सभामुख भएका समयमा संसद प्रतिपक्षको पनि हो भन्ने मान्यता स्थापना गरेको स्मरण गराए । त्यसलाई नेपाली संसदीय परम्पराका रुपमा लिनुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: