समता अस्पताल प्रकरण: मृतकका आफन्तलाई लक्षित गर्दै अश्रुग्यास प्रहार « Nagarik Khabar

समता अस्पताल प्रकरण: मृतकका आफन्तलाई लक्षित गर्दै अश्रुग्यास प्रहार



काठमाडौँ । बौद्धस्थित समता अस्पतालमा २७ वर्षीया विमला तामाङ झुन्डिएको अवस्थामा फेलापरेपछि आफन्तले विरोध गर्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मृतकबम आफन्तले अस्पताल परिसरमा विरोध गर्दा प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।

अस्पतालमा मङ्गलवार बिहानैदेखि मृतकका आफन्त भेला भएका थिए । आफन्तले सत्य तथ्य बाहिर ल्याउनका लागि आन्दोलन थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको विमलाका देवर सिंग योञ्जनले जानकारी दिए ।

अस्पताल परिसरमा प्रहरी र मृतकका आफन्तबीच दोहोरो झडप समेत भएको योञ्जनले जानकारी दिए ।

‘झुन्डिएको अवस्थामा भाउजूको कुर्ता सुरुवालको खल्तीमा भेटिएको कागजमा तीन जनाको नाम छ । यसमा रिसेप्सनको सङ्गीता म्याम, तिर्थ र नाम नखुलेको म्याम लेखिएको व्यक्तिलाई समात्नु भन्ने कागजको टुक्रा छ,’ योञ्जनले नागरिक खबरसँग भने,‘यो कागजले घटना थप शङ्कास्पद बनेको छ । कसरी यो कागज आयो ? घटनाको निष्पक्ष छानबिन र हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव बुझ्दैनौ ।’

तामाङ सोमबारदेखि हराएपछि आफन्तले खोजी गर्ने क्रममा मङ्गलवार अस्पतालको कोठाभित्र झुन्डिएको अवस्थामा शव भेटिएको थियो । मृतक तामाङ अस्पतालमा दुई महिनादेखि क्लिनरको रूपमा काम गर्दै आएको उनका आफन्तले बताएका छन् ।

समता अस्पतालभित्रै कर्मचारी झुन्डिएको अवस्थामा, आफन्तको आक्रोसले अस्पतालमा तनाव (भिडियो)

 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: