अपडेट : जिप दुर्घटनास्थलमा प्रिन्टर मात्र भेटियो, बेपत्ता ५ जनाको नाम खुल्यो « Nagarik Khabar

अपडेट : जिप दुर्घटनास्थलमा प्रिन्टर मात्र भेटियो, बेपत्ता ५ जनाको नाम खुल्यो



काठमाडौँ । कर्णाली नदीमा जिप दुर्घटना हुँदा बेपत्ता भएका पाँच जनाको नाम खुलेको छ । खार्पूनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, चन्द्र हमाल, सवारी चालक मणि शाही, बसन्ती शाही र नन्द देवी सिंहको नाम खुलेको छ ।  

जिप दुर्घटनामा १५ जना बेपत्ता भएको हुनसक्ने प्रहरीले जनाएको छ । खार्पूनाथबाट याङ्चु तर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जिप दिउँसो १ बजे कर्णाली नदीमा खसेको थियो । दुर्घटनास्थलबाट गाउँपालिकाको प्रिन्टर मात्र भेटिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीयले यात्रु र जिप खोजी गरिहरेका छन् । जिप पनि नभेटिएको घटनास्थलमा रहेका अध्यक्ष रावलले बताए । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार कार्य भइरहेको छ।

यो पनि पढ्नुहोस्

BREAKING : हुम्लाको खार्पुनाथ गाउँपालिकामा जनप्रतिनिधि चढेको जिप दुर्घटना

अपडेट : कर्णाली नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित केही बेपत्ता

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: