काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङको मष्टा गाउँपालिकामा सोमबार जीप दुर्घटनामा परी नौ जनाको निधन भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
एक शोक विज्ञप्तिमार्फत देउवाले मृतकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
बझाङको मष्टा गाउँपालिका–१ मा सोमबार से १ झ १०७२ नम्बरको जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनाका साथै चारजना गम्भीर घाइते भएका थिए ।