लामीडाँडा एयरपोर्ट साढे दुई वर्षपछि पुनः सञ्चालन « Nagarik Khabar

लामीडाँडा एयरपोर्ट साढे दुई वर्षपछि पुनः सञ्चालन



खोटाङ । खोटाङको लामीडाँडा एयरपोर्टको स्तरोन्नति सकिएपछि परीक्षण उडान भएको छ । साढे दुई वर्षअघि शुरु भएको धावनमार्ग तथा एप्रोन एरिया पिच गर्ने काम सकिएको हो ।

काम सकिएलत्तै मंगलबार समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुख विनायक भट्टराईकाअनुसार ६ करोड ३४ लाख रुपैयाँमा एयरपोर्टको स्तरोन्नति कार्य सकिएको हो ।

लामिडाँडा एयरपोर्ट यस भेगमा लुक्ला पछिकै व्यस्त विमानस्थल मानिन्छ । विमानस्थलमा जुनसुकै मौसममा पनि सुरक्षित रुपमा प्रयोग गर्न सकिने भट्टराईको भनाइ छ ।

समुन्द्री सतहबाट १२३० मिटर उचाइमा रहेको लामीडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ ।

५२० मिटर लम्बाई र २० मिटर चौडाइ धावनमार्ग रहेको यो विमानस्थलमा ट्वीनटर जहाजहरु उडान–अवतरण गर्न सक्छन् । २०२८ सालबाट सञ्चालनमा आएको यो विमानस्थल धेरै समयसम्म खोटाङबासीको एक मात्र माध्यम थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: