कांग्रेसले लोकतन्त्रविरोधी गतिविधि गरिहेको छ : दीनानाथ शर्मा (भिडियोसहित) « Nagarik Khabar

कांग्रेसले लोकतन्त्रविरोधी गतिविधि गरिहेको छ : दीनानाथ शर्मा (भिडियोसहित)



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभामा संसदीय दलका नेता दीनानाथ शर्माले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले लोकतन्त्रवादीहरुले मिलेर ल्याएको परिवर्तनविरुद्ध गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

उनले गुठी विधेयक प्रतिनिधिसभा हुँदै सडकमा पु¥याएर कांग्रेसले परिवर्तनविरोधी काम गरिरहेको दाबी गरे ।

मंगलबार राष्ट्रियसभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेता शर्माले लोकतन्त्रवादी शक्तिहरुबीच संवाद गरेर सो विधेयक टुंगो लगाउनुपर्नेमा सडकमा बितण्डा मच्चाउने काम भइरहेको भन्दै आक्रोश व्यक्त गरे । राष्ट्रियसभाको क्षेत्राधिकारभित्र रहेको सो विधेयकमाथि हस्तक्षेप गरेर सडकमा वितण्डा मच्चाउन काम किन गरियो भनी उनले प्रश्न समेत गरे ।

नेता शर्माले संविधानसम्मत ढंगले विधेयकमाथि छलफल गर्नुपर्ने बेला त्यसैलाई तल्लो सदनमा उठाउने, सदन अवरुद्ध पार्ने, सडकमा अराकजता मच्चाउने काम लोकतन्त्रवादीहरुका लागि शोभनीय नभएको तर्क गरे । उनले कांग्रेसको सो गतिविधि यो व्यवस्था मन नपराउनेहरुलाई साथ दिने गरी आएको जिकिर गरे ।

‘यो व्यवस्था, प्रणाली, संविधान, लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध रहेका शक्ति छन्,’ उनले भने, ‘कांग्रेसको गतिविधिले उनीहरुलाई सहयोग पुग्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: